संकटमा के गर्दै छन् पर्यटनका संंघसंस्था ?

पर्यटन क्षेत्रको विकासका लागि निजीक्षेत्रको भूमिका रहेको छ । सरकारले केही ठूला पूर्वाधार बनाउनेबाहेक अन्य काम गरेको पनि छैन र गर्ने पनि होइन । व्यवसाय सञ्चालन गर्ने काम व्यवसायीको हो । व्यवसायीहरू आआफ्नो व्यवसायमा केन्द्रित भएका हुन्छन् तापनि आफ्नो व्यवसायमा देखापरेका समस्याको समाधान गर्न, व्यवसाय विस्तारका लागि एकीकृत धारणा बनाउन, सरकारलाई आवश्यक सुझाव दिन, आआफ्नो व्यवसायमा रहेका समस्याहरूबारे सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउन व्यवसायीहरू संगठित हुन आवश्यक छ । त्यही भएर नेपालको पर्यटन क्षेत्रमा संलग्न विभिन्न संघसंस्था रहेका छन् । पर्यटनका विधागत संघसंगठनहरू रहे पनि सबैलाई समेट्ने गरी एउटै संस्था भने छैन । संगठनहरू व्यावसायिक हुन् । यसमा सदस्य पनि व्यावसायिक नै बन्नुपर्छ । कुन दलको निकट भन्ने आधारमा निर्वाचन हुँदा व्यवसायका समस्यालाई बुझेका र त्यसको समाधान गर्न सक्ने व्यक्तिहरू निर्वाचनमा पराजित हुने गरेको पाइन्छ । पर्यटनका अलगअलग क्षेत्र भए पनि ती एकआपसमा अन्तनिर्भर र अन्तरसम्बद्ध रहेका हुन्छन् । जस्तै नेपाल आउने पर्यटकलाई हवाईजहाजले ल्याउँछन् । त्यस सेवासँग सम्बद्ध व्यवसायीहरूको आफ्नै संगठन हुन्छ, तिनका सेवा र शुल्कआदि बारे तिनीहरूको चासो हुन्छ । नेपालमा निजीक्षेत्रले अन्तरराष्ट्रिय पर्यटक ल्याउन त्यति ठूलो भूमिका खेलेको छैन । सरकारी वायुसेवा निगम पनि विवाद र कमिशनको जालोमा फसेर निकम्मा बनेको छ । त्यसो हुँदा नेपालमा विदेशी पर्यटक ल्याएर त्यसको लाभ विदेशी कम्पनीले नै लगिरहेका छन् । आन्तरिक वायुसेवामा भने निजीक्षेत्रको बलियो उपस्थिति छ । निजीक्षेत्रले माउन्टेन फ्लाइटलगायत उडानबाट पर्यटकलाई सेवा दिइरहेका छन् । त्यस्तै काठमाडौं आएका पर्यटकलाई लुम्बिनी, पोखरा, नेपालगञ्जलगायत पर्यटकीय स्थलमा लैजाने काम पनि यिनीहरूले गरिरहेका छन् । यससँग सम्बन्धित व्यवसायीहरूको आफ्नै संगठन छ । त्यस्तै नेपाल आउने पर्यटक होटेलमा बसोवास गर्छन् । नेपालमा साना ठूलो गरी ८० हजारजति होटेल व्यवसायी रहेको अनुमान छ होमस्टेदेखि पाँचतारे होटेलसम्मले पर्यटकलाई सेवा दिइरहेका छन् । होटेल एशोसिएशन नेपाल (हान) पर्यटनसम्बद्ध पुरानो संगठन हो । यसमा ठूला होटेल व्यवसायीहरू सम्बद्ध छन् । त्यस्तै होटेल व्यवसायी महासंघ नेपाल पनि होटेल व्यवसायीहरूको संगठन हो । पर्यटकहरूलाई नेपाल ल्याउन सेवा दिनेहरूको संस्था नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) यस क्षेत्रको ठूलो र महŒवपूर्ण संगठन हो । यसमा हजारौं व्यवसायी आबद्ध छन् । त्यसैगरी निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पर्यटन तथा हवाई उड्डयन समिति पनि छ । वायु सेवाप्रदायकहरूको संगठन नेपाल वायुसेवा सञ्चालक संघ पनि यस्तै संगठन हो । पर्यटन क्षेत्रमा कार्यरत ट्रेकिङ एजेन्ट्स एशोसिएशन नेपाल (टान), नेपाल माउन्टेनरिङ एशोसिएशन, र्‍याफ्टिङ एशोसिएशन आदि संगठन पनि पर्यटन क्षेत्रमा सक्रिय संगठन हुन् । यसबाहेक नेपाल पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयमा दर्ता भएका सयौं संगठनहरू छन् । यीमध्ये कतिपय संगठन दर्तामा मात्रै रहेका पनि पाइन्छन् । यसरी पर्यटन क्षेत्रमा दर्जनौं संस्था सक्रिय रहेको पाइए पनि तिनले पर्यटनसम्बद्ध समस्याको बारेमा सम्बद्ध निकायसँग प्रभावकारी रूपमा आवाज उठाउन सकेको पाइँदैन । पर्यटन व्यवसायलाई माथि उकास्न यस क्षेत्रमा विद्यमान थुप्रै समस्याको निराकरण हुन जरुरी छ । प्रत्येक व्यवसायमा देखापरेका समस्या सरकारले सम्बोधन गर्नुपर्ने खालका छन् । उदाहरणका लागि पर्यटक बसले भोग्नुपरेको बसपार्कको अभावलाई नै लिन सकिन्छ । पर्यटक बसका लागि बसपार्कको माग गरिए पनि सरकारले यसको सुनुवाइ गरेको छैन । नेपाल भित्रिएका पर्यटकलाई एक पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलमा लैजान सेवासुविधायुक्त गुणस्तरीय पर्यटक बस चाहिन्छ । केही व्यवसायीले यसमा लगानी गरेका छन् । तर, बसपार्कको अभावमा यसलाई व्यवस्थित गर्न समस्या परेको छ । पर्यटन व्यवसायलाई चलायमान बनाउने काम टुर अपरेटरहरूको हो । यसको आधिकारिक सगठनहरूका नाट्टा र टान रहेका छन् । यिनीहरूले सरकारलाई बेलाबखतमा राम्रा सुझाव दिएका छन्, मागहरू राखेका छन् । केही माग पूरा भएका पनि छन् । तर, यी संगठनहरू राजनीतिक भ¥याङ चढ्ने थलोका रूपमा पनि उपयोग भइरहेका छन् । खासगरी यी संस्थामा हुने अधिवेशनमा दलीय आधारमा उम्मेदवार बन्ने र त्यसैअनुसार निर्वाचन हुने गरेको छ । यी संगठन व्यावसायिक हुन् । त्यसो हुँदा यसमा सदस्य बन्ने व्यक्तिहरू पनि व्यावसायिक नै बन्नुपर्छ । कुन दलको निकट भन्ने आधारमा निर्वाचन हुँदा व्यवसायका समस्यालाई बुझेका र त्यसको समाधान गर्न सक्ने व्यक्तिहरू निर्वाचनमा पराजित हुने गरेको पाइन्छ । व्यवसायलाई राजनीतिमा जोड्नुको बेफाइदा हो यो । त्यसैले यस्ता संगठनहरू विशुद्ध व्यावसायिक बन्नुपर्छ । हान, नाट्टा, टान, नाराजस्ता संघभित्र राजनीतिक विषयमालाई छिराउनु भनेको व्यवसायलाई भन्दा राजनीतिलाई बढी महŒव दिनु हो । यिनीहरूको निर्वाचनका बेलामा उम्मेदवारले संगठनलाई कस्तो बनाउँछु भन्ने प्रतिज्ञा गरेको छ, व्यवसायीहरूका समस्यालाई कसरी समाधान गर्छु भनेको छ तथा संगठनलाई कसरी बलियो बनाउँछु भनेको छ त्यसका आधारमा संगठनको नेतृत्व चयन गर्नुपर्छ । संगठन जति नै पुरानो र बलियो भए पनि त्यसको नेतृत्व बलियो र व्यावसायिक हितका बारेमा सोच्ने भएन भने त्यसको औचित्य सिद्ध हुँदैन । संगठनको नेतृत्वले व्यवसायका समस्यालाई राम्ररी चिनेको हुनुपर्छ र सामूहिक भलाइको लागि काम गर्ने खालको हुनुपर्छ । तर त्यस्तो हुन सकेको छैन । गुटउपगुट र खुट्टा तानातानले गर्दा व्यावसायिक संगठनहरू व्यवसायलाई मद्दत गर्ने गरी काम गर्न सकेका छैनन् वा तिनको भूमिका पर्याप्त रूपमा देख्न सकिएको छैन । यसमा तमाम व्यवसायीहरू सचेत हुनुपर्छ । कोरोनाका कारण सबैभन्दा बढी थलिएको व्यवसाय पर्यटन नै हो । तर, अन्य व्यवसायले पाएको जत्तिको राहत पनि पर्यटन व्यवसायले पाउन सकेन । पर्यटन पुनरुत्थानका प्याकेजहरू पनि सांगठनिक रूपमा पूरा गराउन सकिएको छैन । केही पनि नभएको होइन । तर, अन्य व्यवसायको दाँजोमा पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित भएर पनि राहतमा भने पछाडि नै परेको हो । अतः पर्यटन व्यवसायीहरूले आआफ्ना व्यावसायिक संगठनहरूलाई व्यवसायसँग सम्बद्ध समस्यामा मात्रै केन्द्रित गर्नु उपयुक्त हुन्छ । यसमा राजनीतिक वा क्षेत्रीय कुरा ल्याएर गुटउपगुट बनाउँदा समग्र व्यवसायलाई नै प्रभावित पारेको छ । त्यसैले व्यवसायलाई उकास्ने गरी संगठनलाई अघि बढाउन सबै सतर्क हुन जरुरी देखिन्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

सम्बन्धित सामग्री

के नेपाल संकटमा छ ?

हरेक पार्टीका नेताहरु भाषण गर्दा भन्ने गर्छन्– आज देश गम्भीर संकटमा छ । देशलाई संकटबाट बचाउन हामीले गम्भीर भएर लाग्नुपर्ने बेला आएको छ । गणतन्त्रवादी हुन् वा राजावादी, दुबै धारका नेताले अहिले भन्ने गरेको सुनिन्छ – देश गम्भीर संकटमा छ । व्यवस्था नै संकट पर्न लागेको छ । सबैले गम्भीर हुनुपर्ने परिस्थिति आएको छ । […]

संकटमा छ ऐतिहासिक पुरैनाताल

कैलालीको भजनी नगरपालिका-७ स्थित ऐतिहासिक पुरैनाताल संकटमा पर्दै गएको छ। पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ। तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए। उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व संकटमा परेपछि तालको इतिहास नै हराउने […]

रविको टिप्पणी : व्यवस्था होइन, पुराना दल र तिनको राजनीति संकटमा छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको व्यवस्था संकटमा नरहेको टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक दस्तावेजमा उनले पुराना दल र तिनको राजनीति संकटमा रहेको उल्लेख गरेका छन्।‘पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन्।’ लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छ

सोमालियाका ५० लाख नागरिक खाद्य संकटमा

राजनीतिक तथा आर्थिक संकटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य संकटमा परेका बताइएको छ। संयुक्त राष्ट्रसंघका विज्ञहरूले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ। सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए। यहाँ खाद्य संकटमा परेकामध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ। […]

अर्थतन्त्र संकटमा छ भन्ने नबुझेकाले मात्रै हो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताए।‘नेपालको अर्थतन्त्र संकटमा छ भन्नु अर्थतन्त्रलाई नबुझ्ने कुरा हो। नेपालको अर्थतन्त्र संकटमा होइन। हाम्रो अगाडि केही दबाब र चुनौतिहरु छन् । ती चुनौति र सामना गर्ने उपायहरु खोज्नुपर्छ तर संकटमा छ भन्नु गलत हो।’ उनले भ

संकटमा टाँगा व्यवसाय

काठमाडौं । नेपालगञ्जको चिनारीको रुपमा रहेको टाँगा व्यवसाय संकटमा परेको छ । केही समय अघि अतिनै लोकप्रिय मानिएको टाँगा व्यवसाय संकटमा परेको हो । प्रविधिको विकास र समय परिवर्तनका कारण मानिसहरुले थप सुविधा र समय बचत गराउन खोज्न थालेपछि टाँगा व्यवसाय बिस्तारै संकटमा परेको हो । करिब १ दशक पहिला टाँगालाई नेपालगञ्जको मुख्य सवारी साधनको […]

चरम आर्थिक संकटमा धुलिखेल अस्पताल

दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो ।

विराटनगरस्थित भानु कलाकेन्द्रको अस्तित्व संकटमा

कलाको धरोहरका रुपमा रहेको विराटनगर स्थित भानु कलाकेन्द्र संकटमा परेको छ। जग्गा विवादका कारण ६५ वर्ष पुरानो कला साधनाको केन्द्रको अस्तित्व संकटमा परेको हो।...

चरम संकटमा निजी विद्यालय

काठमान्डाैं / कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा... The post चरम संकटमा निजी विद्यालय appeared first on Purbeli News.

चरम संकटमा निजी विद्यालय

कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् ।लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको