छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले अझैपनि पूर्णता नपाएको बताएका छन्। एकीकृत समाजवादीले पार्टी विभाजन सम्बन्धी चलेको हल्ला झुटो भएको बताएको छ।अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिज्ञहरुमा कूनीतिक आचारसंहिता पालनामा कमजोरी रहेको बताएका छन्। सेयर बजार परिसूचक नेप्से १५ दशमलव ६२ अंकले घट्दा २अर्ब ८९करोड रुपैयाँ बराबरको कारोबार भएको छ।