जो रुटको अलराउण्ड प्रदर्शन अनी जोफ्रा आर्चर र मार्क उडको उत्कृष्ट बलिङ पछि घरेलु टोली इंग्ल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा तेस्रो जित हात पारेको छ। शुक्रवार भएको खेलमा इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो।
तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लेको हो।