सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।