काठमाडौं (अस) । सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा शाख ा विस्तार गरी कारोबार सुरु गरेको छ । सानेपा कार्यालय उद्घाटन ललितपुर महानगर–२ का वडाध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रूपमा गरे । यसैगरी हरिसिद्धि शाखा कार्यालय उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाले यस क्षेत्रका ग्राहकलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउन शाखा विस्तार गरिएको बताए ।