नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या १ करोड ८३ लाख नाघेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १ करोड ७९ लाख हाराहारी रहेको मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या असार मसान्तसम्ममा ४ लाखले बढेर कुल १ करोड ८३ लाख ७ हजार २५५ पुगेको बैंकले जनाएको हो । कारोबारको हिसाबले असार मसान्तसम्ममा मोबाइल बैंकिङको माध्यमबाट मात्रै कुल १ खर्ब ६३ अर्ब २५ करोड रुपैया बराबरको वित्तीय कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँ बराबर