निर्यात वृद्धि र महँगी नियन्त्रण गर्ने लक्ष्यसहित मौद्रिक नीति ल्याउन ढकालको सुझाव

नेपाल उद्योग, वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थित र सन्तुलित ल्याउनुपर्ने बताएका छन् । आज नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले यस्तो सुझाव दिएका हुन् ।उनले यतिबेला देशमा तरलताको अभाव छ र महँगी बढेको स्थितीलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने आफ्नो अपेक्षा रहेको बताए । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन, ब्याज स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी मौद्रिक नीति ल्याउनु