जसपा सरकारमा जाँदा चुनाव निश्चित भएको दाबी, तर 'राजनीतिको भविष्य अदालतको फैसलामा निर्भर' - BBC News नेपाली

सत्तारुढ नेकपा एमाले र जसपाको एउटा समूहका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रमले निर्वाचन सुनिश्चित गरेको बताए पनि राजनीतिशास्त्रीले भने राजनीतिको भविष्य सर्वोच्च अदालतको ठहरमा भर पर्ने बताएका छन्।