सहमहामन्त्री पराजित भएपछि धनुषा कांग्रेसमा विवाद

धनुषा - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ । पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुु...