एमाले महाधिवेशन बन्दसत्र : ओलीको सम्बोधनदेखि विदेशी पाहुनाको शुभकामनासम्म

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएका छन् । ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन– बन्दसत्र हलमा ओलीको पक्षमा नाराबाजी

नेकपा एमालेको दशौं महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्न लाग्दा केपी शर्मा ओलीको पक्षमा नाराबाजी शुरू भएको छ । आइतवार राति ओली बन्दसत्र हलमा प्रवेश गर्दा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका हुन् । ‘केपी ओली वीइ लभ यू’ भन्दै कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरुले पार्टीको नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने माग राखेका छन् । ओली बन्दसत्र हलमा प्रवेश गरेपछि बन्दसत्र शुरू हुने तरखर शुरू भएको छ ।

एमाले महाधिवेशन : ओली र रावलका कार्यकर्ताको भीड बढ्दै, झडपको सम्भावना

चितवन : चितवनको सौराहामा नेकपा एमालेको जारी महाधिवेशनमा अझै बन्दसत्र शुरु हुन सकेको छैन।बिहान हुनुपर्ने भनि तय भएको बन्दसत्र करिब १२ घन्टासम्म पनि शुरु भएको छैन।यसबीच एमाले अध्यक्षमा उम्मेद्‌वारी दिने घोषणा गरेका उपाध्यक्ष डा. भीम रावल पक्षका कार्यकर्ता बन्दसत्रस्थलमा भेला हुन थालेका छन्।अध्यक्ष ओलीसँग छलफलमा नबसेका रावल जय पराजय जे भएपनि अध्यक्षमा उम्मेदवारी दिने अडानमा छन्।बन्दसत्रस्थलमा अध्यक्ष ओली पक्षका कार्यकर्तासमेत भेला भइरहेका छन्।दुवै पक्षका कार्यकर्त

एमाले महाधिवेशन : ओली लागे बन्द सत्रस्थलतर्फ

चितवन : चितवनको सौराहामा नेकपा एमालेको जारी महाधिवेशनमा करिब १२ घन्टापछि बन्दसत्र शुरु हुन लागेको छ।पदाधिकारी र केन्द्रीय समितिको अन्तिम नामावली तयार पार्न छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली बल्ल होटलबाट निस्किएर बन्द सत्रस्थलतर्फ लागेका छन्।उनी पुगेपछि बन्द सत्र  शुरु हुनेछ।

एमाले महाधिवेशन– राति पौने १० बजे बन्दसत्र हलमा पुगे ओली

नेकपा एमाले दशौं महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओली बन्दसत्रको हलमा प्रवेश गरेका छन् । आइतवार बिहान १० बजेका लागि निर्धारित बन्दसत्रमा सहभागी हुन ओली राति पौने १० बजे हलमा पुगेका हुन् । ओलीले दिनभर पार्क सफारी होटलमा बसेर पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाएका थिए । बन्दसत्र शुरू हुनुअघि अध्यक्ष मण्डलको बैठक बस्दैछ । अध्यक्ष मण्डलमा ओली, भीम रावल, रामबहादुर थापा लगायत छन् ।

एमाले महाधिवेशन : अझै ओर्लिएनन् ओली, शुरु भएन बन्दसत्र

चितवन : चितवनको सौराहामा प्रतिपक्षी दल नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशनमा बन्दसत्र अझै शुरु भएको छैन।एमाले अध्यक्ष केपी शर्मा ओली अझै पदाधिकारी तथा केन्द्रीय समितिको नामावली तयार पार्न छलफल गरिरहेकाले बन्दसत्र शुरु हुन नसकेको हो।अध्यक्ष ओली १२ घन्टादेखि नामको अन्तिम सूची तयार पार्न रिसोर्टको एउटा कोठामा छलफलमा व्यस्त रहेका छन्।केहीबेरअघि मात्र उपमहासचिव विष्णु पौडेलले ओलीको कोठाबाट तल झरेर नामको सूची फेरि प्रिन्ट गरेर लगेका छन्।तर उनले प्रिन्ट गरेर लगेको नामावलीमा पार्टीको ओलीको नाममा

एमाले महाधिवेशन : ओली छलफलमा व्यस्त, प्रतिनिधिहरू तितरबितर (तस्वीरमा)

चितवन : सौराहामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र तोकिएको समयभन्दा ७ घन्टा ढिलोसम्म पनि सुरु नहुँदा महाधिवेशन प्रतिनिधिहरू तितरबितर हुन थालेका छन्।बिहान ९ बजे नै बन्दसत्रस्थल पुगेका प्रतिनिधिहरू साँझ ६ बज्न लाग्दासम्म पनि सुरु नभएपछि दिक्क मान्दै यताउता निस्किरहेका छन्।सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने भन्दै एमालेको १० बजेको लागि तोकिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।एमाले अध्यक्ष केपी शर्मा ओली अझै छलफलमा व्यस्त छन

एमाले महाधिवेशन : ७ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । अहिले पदाधिकारी र ३०१ केन्द्रीय कमिटीको नाम फाईनल गर्न अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । यसको लागि उनले संगठन विभाग प्रमुख विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग छलफल […]

एमाले महाधिवेशन : बन्दसत्र हुने होटल पुगे ओली (तस्बिरहरु)

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। सौराहमा नेताहरुबीच पदाधिकारीको भाग मिलाउन कठिनाइ परेकाले बन्दसत्रमा ढिलाइ भएको हो। तर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु भने बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल पुगेका छन्। चितवनको नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। नयाँ […]

एमाले महाधिवेशन : बन्दसत्र केहीबेरमा सुरु हुँदै, ओली पुगे महाधिवेशनस्थलमा

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । हिजोबाट सुरु भएको महाधिवेशनमा अहिले केहीबेरमै बन्दसत्र सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थल पुगेका छन् । महाधिवेशनस्थल जाने क्रममा मिडियाले उनीसँग प्रतिक्रिया लिन चाहेका थिए । तर, उनी भने कुनै प्रतिक्रिया नदिई महाधिवेशनस्थल प्रवेश गरेका थिए ।

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन ढिलाई

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]