सभामुखसँग भारत र पाकिस्तानका राजदूतको भेट

सभामुख कृष्णबहादुर महरासँग भारत र पाकिस्तानका राजदूतले भेट गरेका छन्। महराका उपसचिव हरिहर पोख्रेलका अनुसार बुधबार भारतीय राजदूत मञ्जिभसिंह पुरी र पाकिस्तानी राजदूत मजहर जावेदले सभामुखसँग भेट गरेका हुन्।