चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत विद्यार्थी भर्ना, शिलबन्दी गर्ने सिटिइभिटीको चेतावनी :: Pahilopost.com

भक्तपुर :  मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार संकलन गरेको छ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो।  सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका