बैतडी– प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य आज अपराह्न साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो । प्रतिनिधि र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिनेछ […]