पाेखरा : पोखराको मुख्य पर्यटकीय स्थलमध्येको एक हो बाराही घाट। जुन पोखरामा सबैभन्दा धेरै मान्छेको आवतजावत हुने ठाउँमा पर्छ। त्यहाँको मुख्य विशेषता फेवा तालको बीचमा रहेको तालबाराही मन्दिर हो जहाँ पुग्नका लागि डुंगा तर्नैपर्ने हुन्छ। साथै डुंगा चढ्नकै लागि पनि देश तथा विदेशबाट मानिसहरू त्यहाँ आउने गर्छन्। फेवाताल किनारमा एउटा ठूलो बोर्डमा डुंगाको भाडाबारे लेखिएको छ, ‘तालबाराही गएको आएको रू ६०, चालकसहित प्रतिघण्टा रू ८००, आफैँ चलाएमा रू ७००...’पारी