मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद

सङ्खुवासभाको मकालु गाउँपालिका–३ उत्तर दक्षिण कोशी राजमार्गबाट प्रहरीले अवैध वनस्पति बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले भोटखोला गाउँपालिकाको च्याम्ताङबाट खाँदबारीतर्फ ल्याउँदै गरेको ना ७त ५६२१ नम्बरको ट्रयाक्टरसहित अवैध वनस्पति धुपी र पाखनबेद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु–३ बाट प्रहरीले अवैध वनस्पति आठ बोरा धुपी, तीन बोरा पाखनबेद बरामद गरेको प्रहरी निरीक्षक अ