१ करोड २० लाख डलर लागतमा विद्युत प्राधिकरणको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ ।प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो । काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । साथै त्यहाँ अन्तराष्ट्रिय स्तरको डाटा सेन्टर रहने छ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रुपमा रहने छन् ।‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि २÷३ महिना लाग्ने छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे।केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ ।  प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी  बनाउन ‘डिजिटल एनइए’ अवधारणामार्फत सोही अनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आगामी दिनहरुमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ ।

सम्बन्धित सामग्री

चीनले शहरी क्षेत्रमा १ करोड २० लाख नयाँ रोजगारी सृजना गर्ने

चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब ५ दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ । कूल गार्हस्थ्य उत्पादन जिडिपी […]

‘कबड्डी ४’द्वारा भारतमा १ करोड ९२ लाख ग्रसको सप्ताहन्त ओपनिङ

काठमाडौं । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित हन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठूलो […]

डीपीआरविनै रंगशालाका नाममा राज्यकोषको १ करोड २० लाख खर्च

समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो ।

क्यानद्वारा दुई सिरिज १ करोड २० लाखमा विक्री

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि घरेलु मैदानमा हुने दुई सिरिजको व्यापारिक, टिकट र प्रसारण अधिकार सन्बी होल्डिङ्ग्सलाई १ करोड २० लाख रुपैयाँमा विक्री गरेको छ । क्यानले पपुवा न्युगिनीसँग हुने दुई ओडिआई खेल तथा पपुवा न्युगिनी र मलेसियासँग हुने त्रिकोणात्मक टि२० आई सिरिजको सम्पूर्ण टिकट, व्यापारिक र प्रसारण अधिकार एकमुष्ठ […]

१ करोड २० लाख थान नयाँ पाठ्यपुस्तक छापियो, बाँकी चैतसम्ममा

काठमाडौं : सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १ करोड २० लाख थान नयाँ पाठ्यपुस्तक छापेको छ। लिमिटेडका अनुसार जम्मा १ करोड ९० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने छ।लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले नयाँ शैक्षिक सत्रलाई मध्यनजर गरी तीव्र गतिमा पुस्तक छापिरहेको बताए। उनले भने, ‘अब बाँकी ७ लाख थान पुस्तक चैत अन्तिमसम्ममा छापिसक्छौँ।’उनका अनुसार  कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगिन पाठ्यपुस्तक छापिएको छ भने १० देखि १२ सम्मको

एनएमबि बैंकले सिफेमको एक करोड २० लाख अमेरिकी डलर ऋण लगानी गर्ने

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी मंसिर १२ मा सम्झौता गरेको छ। सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ। नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने […]

एनएमबि बैंकले सिफेमबाट १ करोड २० लाख अमेरिकी डलर ऋण सहायता लिँदै

एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल भित्र्याउन लागेको हो । गत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र स्वीस सरकार विकास सहयोग एस.डि.सिको प्रतिनिधि स्वीस राजदूत राजदुत एलिजावेथ भोन क्यापेलरबीच ऋण सम्झौतापत्रमा हस्ताक्षेर भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै बैंकले नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विश

१ करोड ५० लाख मात्रा खोप खरिद प्रक्रियामा

काठमाडौं, असार ३० । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सिंहदरबार छाड्नुअघि देशबासीको नाममा सम्बोधन गर्दै कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप सहुलियत दरमा खरिद प्रक्रियामा रहेको दाबी गरेका छन् । ओलीले जोन्सन एन्ड जोन्सनबाट ५० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनेकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० […]

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २१ लाख

भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ ।