जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
ठाकुर पक्षमा लागेका जसपा सांसद उमाशंकर अरगरियाले देउवालाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
'प्रधानमन्त्री देउवाले पत्र पठाएपछि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतले देउवासँग भेट्नुभयो । उहाँले मधेशका माग सम्बोधन गर्न तयार छु भन्नुभएकाले विश्वासको मत दिने निर्णय भएको छ,' अरगरियाले लोकान्तरसँग भने ।
महन्थ पक्षले पनि मत दिने भएपछि देउवाले एमाले सांसदको मतविन...