विश्वव्यापी मन्दीको चेतावनी आइरहँदा प्रविधि क्षेत्रबाट मात्रै दैनिक ३ हजार ४०० को जागिर गुम्दै

काठमाडौं । विश्वव्यापी प्राविधिक जगतमा कर्मचारी कटौतीको सिजन सकिएको छैन । यो वर्ष माइक्रोसफ्ट र गूगल जस्ता ठूला कम्पनीहरु पनि यो सूचिमा थपिएका छन् । जनवरीमा दैनिक ३ हजार ४०० भन्दा धेरैलाई कामबाट निकालिएको छ । बर्खास्त भएका कर्मचारीहरुको तथ्यांक राख्ने साइट Layoffs.fyi का अनुसार जनवरीको अहिलेसम्मको अवधिमा २१९ प्रविधि कम्पनीहरुले ६८ हजारभन्दा धेरै कर्मचारीहरुलाई कामबाट निकालीसकेका छन् । सन् २०२२ भर भने  हजारभन्दा धेरै कम्पनीले  कूल १ लाख ५४ हजार ३३६ जना कर्मचारीलाई बर्खास्त गरेका थिए । गएको वर्षको कर्मचारी कटौती यो वर्ष पनि सरेको छ । यो वर्षको कटौती झनै गहिरो भएको छ । अधिकांश व्यवसायका अर्थशास्त्रीहरुले आफ्नोे कम्पनीले आगामी महीना कर्मचारी कटौती गर्ने भनेका छन् । नेशनल एशोसियशन फर बिजनेश इकोनोमिक्स (एनएबीई)ले सर्वेक्षणमा सहभागी भएका १२ प्रतिशत कम्पनीे आगामी तीन महीनामा कर्मचारी भर्ती बढाउने बताएका थिए । अघिल्लो सर्वेक्षणमा यो दर २२ प्रतिशत थियो । कम्पनीमा कर्मचारीको संख्या घट्ने अनुमान कोरोना भाइरसको महामारी भर्खरै शुरु भएको समययता पहिलो पटक बढेको छ । यो वर्ष विश्व अर्थतन्त्र मन्दीमा जान सक्ने चिन्ता व्यापक छ । अहिलेको कर्मचरी कटौतीको सिजनमा माइक्रोसफ्ट र गूगल  जस्ता ठूला प्रविधि कम्पनी पनि जोडिएपछि दिनमै औसत ३ हजार भन्दा धेरै कर्मचारीले जागिर गुमाइरहेका छन् । एनएबीईको सर्वेक्षणमा सहभागी भएका आधा भन्दा धेरै विजनेश इकोनोमिष्टहरुले अर्थतत्र आगामी वर्ष मन्दीमा जाने जोखिम महसुस गरेको बताएका थिए । यसको अर्थ यो वर्षको कर्मचारी कटौती अघिल्लो वर्षको भन्दा पनि धेरै हुनेछ । गूगलले आफ्नै प्रायोजनमा कर्मचारीलाई ग्रिन कार्ड दिने कार्यक्रम बन्द गरेको छ । लिंक्डइनमा जागिर खोज्नेको संख्या बढेको छ । एजेन्सीहरूको सहयोगमा

सम्बन्धित सामग्री

स्थायी जागिर छाडेर कुखुरापालन

दोलखा– सरकारी जागिर खाने अधिकाँश नेपालीको रहर हुन्छ । स्थायी जागिर भएपछि जीवनभरलाई नियमित जीवन निर्वाहका लागि ढुक्क हुने भएकाले पनि धेरैको रोजाइ सरकारी जागिरकै हुन्छ । करार र अस्थायी जागिर हुनेहरू स्थायीका लागि सक्दो प्रयास गर्छन् । कृषि र पशुपन्छी पालनलाई भने नेपालीहरूले हेला पेशाको रूपमा लिने गरेका छन् । त्यसैले पछिल्लो समय उत्पादनशील […]

जागिर खोज्दा यी कुरामा ध्यान दिनुपर्छ

पढाइ सकियो वा पढ्दै जागिर खान मन छ । तर जागिर कसरी खोज्ने ? कस्तो खोज्ने ? रोजेको जस्तो पाइन्छ वा पाइँदैन ? जागिरको खोजीमा रहेका इच्छुकको मनमा उठ्ने प्रश्न हुन् । जागिर खानलाई पनि एउटा ‘टेक्निक’ चाहिन्छ । उमेर वा अनुभवलाई ध्यान नदिई जागिर खोज्न बजारमा निस्कँदा कठिनाइ हुन सक्छ । तर सोचविचार गरेर […]

पिज्जा खाने जागिर, तलब कति ?

संसारमा सबै मानिसको चाहना हुन्छ कि आरामको जागिर होस् जहाँ काम कम र तलब धेरै होस्। तर हालै एउटा यस्तो जागिर खुलेको छ जहाँ काम छँदैछैन तर पैसा नै पैसा छ । त्यो जागिरमा कामको नाममा केवल खाने काम छ । खाने कुरा पनि कुनै मन नलाग्ने चिज होइन । धेरै जनाले मन पराउने पिज्जा […]

महिलाहरुको लागि गज्जबको जागिर, पुरुषको बफादारी परीक्षण गर्ने

काठमाडौं । अहिलेको जमानामा मान्छेहरुका लागि आफू सुहाउँदो जागिर पाउन हम्मेहम्मे छ । मानिसहरु जागिर पाउनका लागि ठूलै संघर्ष गर्नुपर्दछ । यही मौकामा ब्राजिलको एक कम्पनीले अनौठो नोकरीका लागि विज्ञापन खुलाएको छ । यो नोकरी केवल महिलाहरुका लागि हो । यो जागिर पाउने महिलाहरुले तलब बापत मोटो रकम कमाउनेछन् । विज्ञापन खोलेको उक्त पदको नाम […]

सरकारी जागिर छाडेर बाख्रापालन

मेलम्ची, ५ असोज । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका […]

सरकारी जागिर छाडेर बाख्रापालन

‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुन् रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन् । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी,

सरकारी जागिर छाडेर पशुपालनमा

तेह्रथुम-धनकुटाका एक युवा सरकारी जागिर छाडेर कृषि कर्ममा लागेका छन् । पढे लेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै महालक्ष्मी नगरपालिका १ का धनबहादुर कटुवाल सरकारी जागिर छाडेर गाईपालनमा रमाएका छन् ।२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । त्यसको केही समयपछि […]

यस्तो पनि जागिर खाने हो!

'तीन महिनाको तलब लाख पनि नभेट्ने। हामी बरू महिनामै लाख कमाउने भयौं। तँ कलेज टपर भएर यस्तो जागिरमा झुण्डिएर बस्नुपर्‍या छ। छाडिदे यस्तो जागिर।'

सरकारी जागिर छाडेर मौरीपालन, गाउँघरमै वार्षिक १३ लाखसम्म कमाइ

सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् । २०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले । पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...