माधव नेपालप्रति ओलीको टिप्पणी : एमाले बिगार्न हातमा टोपी लिएर देश दौडाहामा छन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल एमाले बिगार्न देश दौडाहामा रहेको टिप्पणी गरेका छन् ।  एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसर पारेर आज चावहिलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले बिगार्न माधव नेपाल देश दौडाहामा रहेको बताएका हुन् ।  ‘माधव नेपाल हातमा टोपी लिएर एमाले बिगार्न देशभर कुदिरहेका छन् । कहिले पोखरी, कहिले धनकुटा, कहिले धनगढी पुगेका छन् । त्यो किन थाहा छ ? समाजवाद ल्याउन होइन, नेकपा एम...