काठमाण्डाै – चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ ।
नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन ...