व्यवसाय दर्ता गर्न महानगरले दियो ३० दिनको समय

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यापार–व्यवसाय दर्ता गर्न आग्रह गरेको छ। सञ्चालनमा रहेका व्यवसाय नजिकको वडा कार्यालयमा गई ३० दिनभित्र दर्ता गर्न महानगरले आग्रह गरेको हो। संघ र प्रदेश सरकारबाट अनुमति लिएका व्यवसाय समेत महानगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको पाइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ। अनुगमनका क्रममा  दर्ता नगरी व्यापार-व्यवसाय गरेको पाए काठमाडौं महानगरपालिका राजस्व ऐन बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने चेतावनी दिइएको छ।

सम्बन्धित सामग्री

व्यवसाय दर्ताका लागि महानगरले दियो ३० दिनको समय, नगरे बन्द गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता गरेर मात्र चलाउन आव्हान गरेको छ । दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरूलाई दर्ता गर्न ३० दिनको समय दिएको छ । महानगरले मङ्गलवार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरूले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको छ। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरूलाई […]