तीन वर्षपछि खुल्यो म्याग्दीको हिमालय चिज उद्योग

म्याग्दी : कोरोना संक्रमणसँगै  बन्द भएको जिल्लाको हिमालय चिज उद्योग पुनः सञ्चालनमा आएको छ। पर्यटक आउन छोडेपछि ०७६ फागुनदेखि बन्द भएको म्याग्दीको चिज उद्योग पुनः सञ्चालनमा आएको हो। यहाँका तातोपानी, घोरेपानी, घान्द्रुक समेतका पर्यटकीय क्षेत्रमा आउने तेस्रो मुलुकका पर्यटक कोरोना कहरसँगै घटेपछि यहाँको चिज उद्योग बन्द भएको थियो।३५ कृषक आबद्ध निलगिरी गाई पालक कृषक सहकारीले चिज उद्योग खोलेका थियो। गाईको दूधबाट उत्पादित चिज सेवन गर्ने खास ग्राहक मानिएका तेस्रो मुलुकका पर्यटक फेरि आउने विश

सम्बन्धित सामग्री

नेपाली चिज उद्योग संकटमा, समस्या समाधान गर्न सरकारलाई आग्रह

काठमाडौं । चिज उद्योगी व्यवसायीले भारतीय चिजका कारण नेपाली चिज उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सरकारले कच्चा दुधको मूल्य बढाउने निर्णय गरेसँगै चिजको मूल्य पनि बढेको थियो । नेपाली चिजको मूल्य बढेपछि सस्तोमा भारतीय चिज भित्रन थालेकाले पछिल्लो समय नेपाली चिज स्टक हुन थालेको छ । हिमालय चिज उत्पादक संघका अध्यक्ष रिन्जी फूर्वा शेर्पाले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेका छन्,`कच्चा दुधको मूल्य वृद्धि हुँदा चिजको मूल्य वृद्धि हुनु पनि स्वभाविक हो । तर, यसैबीचमा छिमेकी मुलुक भारतबाट विभिन्न ब्राण्डका चिज नेपाली बजारमा निर्वाध रूपमा भित्रिएर विक्रीवितरण भइरहेका छन् । भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।´ पछिल्लो समय कराडौं रुपैयाँ बराबरका उत्पादित चिज स्टक भएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, `उद्यमीहरूले थप चिज उत्पादन गर्न नसकेर उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानसम्म परेको छ ।´ संघले भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ । संघले भनेको छ, `आत्मनिर्भर तथा स्वदेशी उद्योगका रूपमा स्थापित भएका चिज उद्योग संरक्षण गर्न र यसलाई बचाउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गर्दछौं ।´ नेपाली स्वदेशी चिज उद्योगलाई संरक्षण गर्नका लागि गैरकानुनी ढङ्गले आयात भइरहेको चिजलाई तत्काल नियन्त्रण गर्न, भन्सार कर बढाएर आयात निरुत्साहन गर्न तथा नेपाली चिज उद्योगीलाई अनुदानको व्यवस्था गर्न र दुधको लागत मूल्य घटाउनेतर्फ पहल गर्न संघले माग गरेको छ । नेपाली चिजको अन्तरराष्ट्रिय बजारमा समेत माग भइरहेको भन्दै सहजीकरण गरिदिन समेत संघले आग्रह गरेको छ । व्यावसायीले हिजो मात्रै कृषिमन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

लम्पी स्किन फैलिएपछि चिज उद्योग बन्द

गाईमा लम्पी स्किन रोग फैलिएपछि अन्नपूर्ण गाउँपालिका–६ घारास्थित हिमालय चिज उद्योग बन्द गरिएको छ । गाउँभरिका गाईको दूध संकलन गर्दा दूधका भाँडा र किसानबाट लम्पी स्किन रोग अन्य निरोगी गाईबस्तुसम्म पुग्ने जोखिम भएपछि बन्द गर्नुपरेको उद्योगले जनाएको छ ।

चिज उद्योग पुन: सञ्चालन

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुन: सञ्चालन भएका छन् । कोरोना महामारी सुरु भएपछि वि सं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले यही फागुन ७ […]

खुलेनन् चिज उद्योग

कोरोना कहरले बन्द भएका यहाँका चिज उद्योग निषेधाज्ञा खुलेको लामो समय बितिसक्दा पनि ब्युँतन सकेका छैनन् । अन्नपूर्ण–५ पाउद्वार, ६ घारा र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ फागुनदेखि बन्द छन् । कोरोनापछि बन्द उद्योग फेरि खुल्न नसक्ने गरी थला परेका हुन् ।

रसुवामा ५ हजार ५ मिटरको उचाइमा चिज उद्योग सञ्चालन गर्ने तयारी

रसुवा । चिज उत्पादन केन्द्र लाङटाङले आगामी वर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने भएको छ । केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको हो । चौरीपालक कृषकको अनुरोधमा यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागेको केन्द्रका प्रमुख ग्याल्बो तामाङले जानकारी दिएका छन् । केन्द्रले लाङटाङमा वार्षिक ५ हजार किलोसम्म चिज उत्पादन […]

एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

वैशाख ६, म्याग्दी । विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएका थिए ।  लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग पनि नभएकाले उद्योग पुन: सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ सालको चैतदेखि बन्द अवस्थामा रहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चिजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज पनि कुहिएर खेर गएकाले चिज उद्योग पुन: सञ्चालन गर्न नसकिएको घारको हिमालय चिज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए । खड्काका अनुसार गत साल लकडाउन शुरु भएपछि चिजको माग घट्यो । ‘स्टक’ रहेको चिज स्थानीयलाई रू. ५०० प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चिज उद्योग पूर्णरूपमा बन्द गरिएको हो । चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई विक्री गर्र्न थालेको स्थानीयवासीले बताएका छन् । घारको हिमालय चिज उद्योगमा ३५ जना कृषक आबद्ध छन् । उनीहरुले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् ।  नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३०० लिटर दूध उत्पादन गरी चिज उद्योग सञ्चालन भएको थियो । चिज उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषक हतोत्साही बनी धमाधम गाई नै बिक्री गर्न थालेका स्थानीयवासी लिलबहादुर खड्काले बताए ।  घारका ३५ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरूपमा चिज उत्पादन गर्दै आएका छन् । त्यतिबेला रू. २० लाखको लगानीमा कृषकले चिज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै रू. ३२ लाख पुर्‍याएका थिए ।  जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले चिज उद्योग सञ्चालन गरी गुणस्तरीय चिज उत्पादन गर्दै आएको भए पनि बजारको समस्याले नियमित विक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिवसमेत रहेका खड्काको भनाइ छ ।  गाउँका ४५ कृषकले दैनिकरूपमा चिज उद्योगमा दूध विक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिटर रू. ६० देखि ९० सम्ममा कृषकबाट दूध खरीद गर्दै आएको छ । चिजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जानकारी दिएको छ । व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले रू. ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि रू. एक लाखदेखि तीन लाखसम्म लगानी गरी स्थानीयवासीले उन्नत जातको गाई खरीद गरेका थिए । अहिले चिज उद्योग बन्द भएपछि यी किसान ठूलो समस्यामा परेका छन् । चिज उद्योग सञ्चालन हुने/नहुने कुराको टुंगो नलाग्दा किसान गाई बेच्ने वा पाल्ने भन्ने द्विविधामा परेको स्थानीयवासी कृष्णप्रसाद बरुवालले बताए । रासस

एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

कोरोना महामारीका कारण गत वर्षको लकडाउनसँगै बन्द भएका यहाँका चिज उद्योगहरु अझै खुलेका छैनन् । लकडाउन हटे पनि चिज सेवन गर्ने ग्राहकका रुपमा रहेका पर्यटक आउने अवस्था अझै नबनेपछि गाईपालक किसान थप निराश भएका छन् ।

बोक्सीखोलामा चिज उद्योग स्थापना

थासाङ गाउँपालिका–२ बोक्सीखोलामा गाई फार्म र चिज उद्योग स्थापना भएको छ । धौलागिरि गुरुसाम्फु कृषि सहकारी संस्थाले गाई फार्म र चिज उद्योग सञ्चालन गरेको हो । मुस्ताङमा आवश्यक दुग्धजन्य पदार्थको आपूर्ति गरी आयात घटाउने, रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि गाई फार्मसँगै चिज उद्योग सञ्चालन गरिएको सहकारीका अध्यक्ष नरबहादुर हिराचनले बताए । ‘मुस्ताङमा आवश्यक दूध,…