प्रदेश स्थापना दिवस दाङमा मनाउँदै लुम्बिनी सरकार

लुम्बिनी प्रदेशको  स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ ।  तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।अहिलेसम्म प्रदेशका सबै काम