खैरो हिमाली गिद्ध

कञ्चनपुर, १५ मंसिर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

सम्बन्धित सामग्री

सेतो हिमाली गिद्ध भेटियो

नवलपुरको कावासोती–१३ मा स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा सेतो रङको हिमाली गिद्ध भेटिएको छ । गत आइतबार पहिलो पटक पूरै सेतो रङ भएको हिमाली गिद्ध भेटिएको हो । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रङको देखिएको थियो । नेचर गाइड प्रेम महतोले लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा हिमाली गिद्ध देखा परेको बताउनुभयो । वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम

जटायु रेस्टुरेन्टमा देखियो सेतो हिमाली गिद्ध

नवलपुरस्थित गिद्ध जटायु रेस्टुरेन्टमा विरलै देखिने सेतो रंगको हिमाली गिद्ध भेटिएकोछ । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रंगको देखिएको थियो । पहिलो पटक पूरै सेतो रंग भएको देखिएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् ।

काँक्रेविहारमा राखिएका हिमाली गिद्ध नवलपरासी पठाइयो

कर्णाली– काँक्रेविहार संरक्षित वन क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेका हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ। गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टमा पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ। सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा फेला परेका गिद्धलाई वन कार्यालयले उद्धार गरी चैत ४ गते काँक्रेविहार क्षेत्रमा छाडेको थियो। काँक्रेविहारको मूल गेटमा राखिएको गिद्धको उपचार तथा […]

काँक्रेविहारमा घाइते हिमाली गिद्ध

कर्णाली, ४ वैशाख । सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेको हिमाली गिद्ध । सुर्खेत उपत्यकाको उत्तरी जङ्गल क्षेत्रमा उड्न नसक्ने अवस्थामा भेटिएको गिद्धलाई उद्धार गरी एक महिनाअघि डिभिजन वन कार्यालयले कांक्रेविहारमा छाडेको हो । त्यसयता स्थानीय युवाहरुले नै गिद्धको स्याहार गरिरहेका छन् । तस्वीरः प्रकाश अधिकारी÷रासस

खैरो हिमाली गिद्ध

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् ।

विश्वमै दुर्लभ चरा बारेकोटमा भेटिए

जाजरकोट : बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा विश्वमै दुर्लभ मानिएका चराहरु फेला परेका छन्। पटकपटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चराहरु फेला परेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए।विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, नेपालमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आईआईमा)मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड र कर्रासुगा फेला परेको सिंहले बताए।उनले बारेकोट–२ जीउलामा लोभीपापी गरुड फेला परेको जना

नवलपरासीमा थप दुई हिमाली गिद्ध मृत भेटिए, मरेका गिद्धको संख्या ६९ पुग्यो

रामग्राम नगरपालिका–४, जितपुरमा हिमाली प्रजातिका थप दुईवटा मृत गिद्ध भेटिएको नेपाल पन्छी संरक्षण संघद्वारा सञ्चालित गिद्ध संरक्षण संघका राष्ट्रिय उपाध्यक्ष यादवप्रसाद खनालले शिलापत्रलाई जानकारी दिए

जब बाख्रा गोठालाकाे अगाडि उड्दै गरेका गिद्ध खस्न थाले..

असोज, कात्तिकमा न्यानो खोज्जै तराई झरेका हिमाली गिद्ध अबको साता दिनपछि बच्चा लिएर हिमालतिर फर्किन्थे । तर, बच्चासहित ती गिद्धले एकै चिहान हुनुपर्‍यो । हिमाली गिद्धका छवटा बच्चा पनि मृत भेटिएका छन्

लिम्सामा घाइते अवस्थामा भेटिएको हिमाली गिद्ध

जाजरकोट । बारेकोट गाउँपालिका–२ लिम्सामा घाइते अवस्थामा भेटिएको हिमाली गिद्धलाई उपचार गर्दै बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह । उनले यो भन्दा अगाडि छ वटा गिद्धको उपचार गरिसकेका छन् ।

तराईको वनमा दुई दशकपछि देखिए हिमाली गिद्ध

मध्यपहाडी क्षेत्रदेखि माथि हिमालसम्म पाइने हिमाली गिद्ध कैलालीका सामुदायिक वनमा देखा परेका छन् । भजनी नगरपालिका–२ रजवारास्थित राधाकृष्ण सामुदायिक वनमा २४ वटा हिमाली गिद्ध देखा परेका हुन । ती गिद्धहरु एक महिनादेखि सो सामुदायिक वनमा बसिरहेको जनाइएको छ । पहाडी क्षेत्रमा पाइने हिमाली गिद्ध जाडो मौसममा हरेक वर्ष तराई झर्ने गरेका पक्षीविद् हिरुलाल डङ्गौराले बताउनुभयो । ‘आहाराको खोजीमा उनीहरु हरेक वर्ष यहाँसम्म आइपुग्ने गर्छन्’, उहाँले भन्नुभयो ।