विपद्का घटनाले १४ दिनमा साढे २० करोडको क्षति

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०७८ वैशाख १ गते यता विपद्का घटनाले २० करोड ४६ लाख ३२ हजार ३ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताएको छ। आगलागी, चट्याङ, जनावर आक्रमण, पहिरो र हावाहुरीका घटनाले उक्त क्षति गरेको हो। यो अवधिमा आगलागीबाट १९ करोडभन्दा बढीको क्षति गरेको छ। चट्याङले करिब एक करोडको क्षति गरेको छ।

सम्बन्धित सामग्री

प्रमुख छ राजनीतिक दलको घोषणापत्रमा विपद् व्यवस्थापनलाई स्थान

–नारायण ढुङ्गाना स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ । तथ्याङ्क हिसाब गर्र्ने हो भने गत दुई वर्ष विपद्जन्य घटनाबाट पाँच/पाँच सय मानिसले अकालमा ज्यान गुमाएका छन् । बाढी, पहिराले ठूलो क्षति गराएको देखिएको छ । विपद्का घटना बर्सेनि बढ्दो रहेकाले सरकारले त्यस्ता घटना न्यूनीकरण […]

संकटग्रस्त जिल्ला घोषणाको माग

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले दार्चुलालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बर्षात्का बेला जिल्लाका सबै स्थानीय तहमा बाढी पहिरोलगायत विपद्का घटना भएर जनधनको क्षति भएकाले गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

संकटग्रस्त जिल्ला घोषणाको माग

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले दार्चुलालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बर्षात्का बेला जिल्लाका सबै स्थानीय तहमा बाढी पहिरोलगायत विपद्का घटना भएर जनधनको क्षति भएकाले गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्व सूचना प्रणालीको बेवास्ताले ठूलो क्षति

कैलाली । गत कात्तिक १ गते कर्णाली नदीको बाढीले कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ठूलो क्षति पुग्यो । बाढी आउनुभन्दा तीन दिन पहिले नै अधिकांशको मोबाइलमा एसएमएस आएको थियो । बाढी आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।       टीकापुर नगरपालिका–८ वनगाँउका आशाराम कुश्मीको मोबाइलमा पनि सूचना आएको थियो । उनले त्यो सूचना हेरे । तर त्यसको पर्वाह भने गरेनन् । पूर्व सूचना प्रणालीका माध्यमबाट सूचना पाएका कुस्मीले त्यो कुरा अरूलाई पनि भनेनन् । अन्ततः बाढी आयो कुश्मीलगायत वनगाउँका बासिन्दालाई घरको अन्नपात, पशु चौपाया, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निकै समस्या भएको भयो । ‘सूचना प्रणालीको पहुँचमा अझै पनि सबै नागरिक नभएकाले पूर्व सूचना प्रणाली प्रभावकारी हुन सकेको छैन, थाहा भएका नागरिकले अन्य नागरिकलाई सुसूचित गर्नुपर्ने रहेछ भन्ने ज्ञान भएको छ,’ उनले भने, ‘कहिलेकाहीँ मोबाइलमा नेटवर्कको समस्या छ, कामकै व्यस्तताले सूचना प्रणालीमार्फत पाएको सूचनालाई अवलम्बन गर्न सकिएको छैन ।’ सोही ठाउँका स्थानीयवासी धर्माबहादुर थारूले बाढीको पूर्व सूचना प्रणालीलाई समयमै अवलम्बन गर्न नसकेकै कारण बढी जोखिम हुने गरेको बताए । त्यसबाट बालबालिका, खाद्य बस्तु तथा पशु चौपायाको व्यवस्थापनमा चुनौती हुने गरेको उनको भनाइ छ ।     ‘सूचना नपाएकै भन्न मिल्दैन, हामीले बाढी नआएसम्म त्यसको पर्वाह नगरेका मात्रै हौं,’ उनले भने, ‘समुदायमा जनसंख्याको अवस्था हेरेर सूचना प्रणालीको प्रयोग गर्न आवश्यक छ, सूचना पाएकाले सतर्कताको मानसिकता बनाइसकेका हुन्छन्, सूचना नपाएका बढी प्रभावित हुने गरेका छन् ।’ टीकापुर–४ की रामदुलारी चौधरीले बर्सेनि बाढीबाट समस्यामा पर्दै आएको भन्दै घरभित्र र बाहिरको सामान व्यवस्थापन गर्दै समय जाने गरेको बताइन् । टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि कर्णाली नदी बाढीको मुख्य समस्या भएको बताए । विपद्को जानकारी गराउँदा पनि आफ्नो आँगनमा पानी नपुग्दासम्म स्थानीयवासीले पूर्व तयारीमा जुट्न नसक्नु नै अर्काे समस्या भएको उनको भनाइ छ । यस्तै जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पूर्व सूचना प्रणालीका आधारमा प्राप्त भएको सूचनालाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरिँदै आएको बताए । तर त्यसको कार्यान्वयनमा बेवास्ता गर्दा बढी क्षति हुने गरेको उनको बुझाइ छ । भजनी नगरपालिका विपद् फोकलपर्सन खेमराज पनाडीले सूचना प्राप्त भए पनि नागरिकको बेवास्ताका कारण पूर्व सूचना प्रणाली नै प्रभावकारी नभएको बताए । समस्या आइपरेपछि मात्रै नागरिकमा चेतना आउने गरेको उनले सुनाए । यस्तै जोशीपुर गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी महतोले विपद्का घटना दिउँसोभन्दा रातिको समयमा बढी हुने गरेको भन्दै बालबालिका र ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्न चुनौती रहेको बताए । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले विपद्का घटना नसोचेकै समयमा पनि हुने गरेकाले पूर्व सूचना प्रणालीलाई सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले सूचना प्रणालीलाई प्रभावकारी बनाउन गाउँका बडघरलाई सूचित गराउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री स्वरोजगारमा आबद्ध भएका युवालाई विपद्सँग जोड्न आवश्यक रहेको बताए । रासस

पछिल्लो २४ घण्टाभित्रका विपद्का घटना : एक जनाको मृत्यु, २९ लाख बराबरको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विपद्को घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ लाख ३७ हजार बराबरको क्षति भएको छ ।मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेका ६० वर्षीय पुरुषको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । यसैगरी, देशभर विभिन्न स्थानमा भएको आगलागीबाट धनमाल जलेर नष्ट हुँदा लाखौँको क्षति भएको प्राधिकरणले जनाएको छ ।&n

विपद्का घटनाबाट यो वर्ष ६० करोडभन्दा बढीको क्षति

काठमाडौं।वैशाखयता विपद्का घटनाबाट ६० करोड ५ लाख ६ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएकोछ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति आगलागीले ४५ करोड ४७ लाख ६४ हजार ६१२ रुपैयाँको गरेको छ।बाढी, पहिरो,आगलागी, अविरल वर्षा, चट्याङ, सर्पदंश, डढेलो, हवाहुरी र जनावरको आक्रमणबाटसो क्षति भएको हो। उक्त अवधिमा १ हजार २६२ वटा विपद्का घटना भएका थिए।

बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने

बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् । साउनयता बाढीपहिरोबाट ३५ र चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने बाढी पहिरोमा अझै १७ हराइरहेका छन् । समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहत उपलब्ध गराएको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा रु एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । सोमध्ये सङ्घीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २२९ घरलाई रु १८ लाख ८२ हजार ५०० राहत रकम हस्तान्तरण गरिसकिएको छ ।

वैशाखदेखि अहिलेसम्म ८ सय भन्दा धेरै विपद्का घटना, १ सय ४ जनाको ज्यान गयो ।

काठमाण्डाै – वैशाखदेखि अहिलेसम्म ८ सय भन्दा धेरै विपद्का घटना भएका छन् । वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटनामा १ सय ४ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । त्यस्तै ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा प...