डोने राष्ट्रिय संग्रहालय भवन निर्माण

काभ्रेपलाञ्चोक । पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय संग्रहालय भवन निर्माण गरिएको छ । ४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रूपमा समेत रहने बताइएको छ । भवन निर्माणका लागि पाँचखाल नगरले ५५ लाख उपलब्ध गराएको थियो । भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराएका थिए । नगरप्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताए । ‘संग्रहालय बनाउन थप सहयोग गर्नेछौं,’ उनले भने । नगरले डाने र तामाङ भाषा संरक्षणका लागि सोही भाषामा पाठ्यपुस्तक तयार गरी अध्यापन गराउन बजेटसमेत छुट्याइएको उपप्रमुख लक्ष्मी दनुवारले बताइन् । उनका अनुसार मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्नेछ । रासस

सम्बन्धित सामग्री

विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण

सिमकोट – सिमकोट गाउँपालिका– ७ को चौगानफयाको कर्णाली माध्यमिक विद्यालयमा पहिलो पटक भूकम्पप्रतिरोधी भवन निर्माण भएको छ। विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भएपछि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो। प्रधानाध्यापक रामराज शाहीका अनुसार नयाँ र भूकम्पप्रतिरोधी भवन निर्माण भई सञ्चालनमा आएको हो। नयाँ पाँच कोठे भवन निर्माण […]

अस्पताल भवन निर्माण अधुरै

गोदावरी, ५ साउन । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो । विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुईतले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रवीना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो […]

बसपार्कमा टर्मिनल भवन निर्माण

काठमाडौँ, २० चैत । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुँदै आएको कालीपुलमा […]

अस्पताल भवन निर्माण अधुरै

काठमाडौँ,२२ मँसिर । पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण […]

मेहलकुना अस्पतालको भवन निर्माण अधुरै

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो।

रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।

समय अगावै भवन निर्माण

थोडुङ/एचटीसी/वसना जेभी वीरेन्द्रनगर सुर्खेतले निर्माण सम्झौताको १५ दिनअगावै उक्त भवन निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन समेत भएको छ।...

रघुगङ्गाको भवन निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले […]

रामपुरमा स्वास्थ्यचौकी भवन निर्माण

रामपुर । रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाको १४ लाख र ओकेबाजेको १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले […]

तामाकोसी पाँचौको भवन निर्माण सुरु

तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका लागि भवन निर्माण सुरु भएको छ । आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटडले आयोजनाका लागि स्थायी रूपमा कार्यालय र आवास प्रयोजनका लागि भवन निर्माण थालेको हो ।आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको तयारी भइरहेको बेला चालू आर्थिक वर्षका लागि नेपाल सरकारको अनुदानबाट कम्पनीले भवन निर्माण थालेको हो । विगू गाउँपालिका–३ जामुनेमा भवन […]