चितवनमा १७९ क्षेत्र निर्धारण गरेर कृषि गणना गर्ने तयारी

चैत १०, चितवन । सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत चितवनमा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई १७ क्षेत्रमा विभाजन गरी कृषि गणना गर्न लागिएको हो । जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्र रहेका छन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार हरेक १०/१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० कर्मचारी परिचालन गरिने छ । १६ सुपरिवेक्षक र ६४ गणक परिचालन गरी कृषि गणना गर्ने तयारी रहेको भण्डारीले जानकारी दिए । उनीहरुले ४५ दिन काम गर्ने छन् । उनीहरुलाई वैशाख ६ गतेबाट जेठ १९ सम्म तथ्यांक सङ्कलनमा खटाइने भण्डारीले बताए । गणकले एक गणना क्षेत्रमा २५ परिवारको तथ्याङ्क संकलन गर्नेगरी कार्यक्षेत्र तोकिएको छ । उनीहरुले विभिन्न १३ विधामा प्रश्नावली भर्नेछन् । नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार ४१ लाख घरपरिवार कृषक परिवार रहेको छ । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ । त्यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सँख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्यांक संकलन गर्ने छन् । कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयको तथ्यांक संकलन गरिने कृषि गणना कार्यालय प्रमुख भण्डारीले बताए । कृषि गणनबाट प्राप्त तथ्यांकमार्फत सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि नीति बनाउन सहयोग पुग्ने भण्डारीको भनाई थियो । रासस

सम्बन्धित सामग्री

राष्ट्रिय सातौँ कृषि गणना सुरु

काठमाडौँ – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय सातौँ कृषि गणना–०७८ सुरु गरेको छ। विभागले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। विभागका अनुसार वैशाख ६ गतेबाट कृषि गणना सुरु भएको छ। वैशाख ६ गतेबाट सुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ। कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक […]

देशभर आजदेखि कृषि गणना सुरु

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक […]

आजदेखि देशभर कृषि गणना सुरु हुँदै

देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।  वैश

संघीयतापछि पहिलोपटक कृषि गणना हुँदै

देश संघीयतामा गएपछि पहिलोपटक राष्ट्रिय कृषि गणना हुने भएको छ । हरेक १० वर्षमा हुने कृषि गणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म सात सय ५३ वटै स्थानीय तह समेट्ने गरी हुने...

वैशाख ४ बाट कृषि गणना सुरु

राष्ट्रिय कृषि गणनाका लागि संखुवासभामा ४ वैशाखदेखि गणकहरू फिल्डमा खटिने भएका छन् । कृषि गणना तयारीका लागि संखुवासभाको खाँदबारीमा जिल्ला कृषि गणना कार्यालय स्थापना भई काम सुरु भएको हो । जिल्लाका १०...

मनाङमा कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ – आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत […]

जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै

जुम्ला । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठ वटै स्थानीय तहमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० […]

अर्घाखाँचीमा कृषि गणना हुने

अर्घाखाँची । अर्घाखाँचीमा आगामी वैशाख ५ गतेबाट कृषि गणना हुनेभएको छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा आगामी वैशाख ५ गतेबाट गणना गर्न लागिएको हो । जिल्लाभरमा ४३ गणक र ११ सुपरभाईजर फिल्डमा खटाईने कृषि गणना कार्यालय अर्घाखाँचीले जनाएको छ । ४५ दिनसम्म सञ्चालन हुने अभियानमा प्रत्येक घर घरमा गणक पुगी जग्गाको आधार, […]

किन गरिँदैछ कृषि गणना?

काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले नेपालमा कृषि गणना गर्ने भएको छ। नेपालमा वि.सं.२०१८ सालदेखि हरेक १० वर्षमा हुँदै आएको कृषि गणना नेपालमा सातौँ पटक हुन लागेको हो। कृषि गणना आगामी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसँग व्यक्तिगत […]

राष्ट्रिय कृषि गणना वैशाखदेखि

आगामी वैशाखदेखि राष्ट्रिय कृषि गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले कृषि गणना गर्न लागेको हो ।राष्ट्रिय जनगणनाजस्तै प्रत्येक १० वर्षमा कृषि गणना गरिन्छ । यसपटकको कृषि गणनामा करिब १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान विभागको छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुन लागेको कृषि गणनाको तयारी सुरु भएको छ । नेपालमा […]