सांसद तामाङको माग, मेलम्ची हेलम्बु क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरियोस्

काठमाडौं।नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मेलम्ची हेलम्बु क्षेत्रलाई संकटक्षेत्र घोषणा गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सो क्षेत्रका बाढी पीडितले राहतको नाममा केहि पनि नपाएको उनले बताए। “राहतको नाममा एक गाडा चामल र छतको नाममा एउटा टेन्ट पनि पुगेको छैन । छिटो भन्दा छिटो मेलम्ची हेलम्बु क्षेत्र राहत र पुनःस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गर्छु’, उनले भने।

सम्बन्धित सामग्री

मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

२६ साउन, काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गरेका हुन् । सो क्षेत्रमा राहतको नाममा एक गेडा चामल र छतको नाममा एउटा […]