चितवन र नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन सुझाव

चितवनको रामपुर र अरुणखोला क्षेत्रमा भारी वर्षा भइरहेको मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको  छ ।  पछिल्लो ६ घन्टामा भारी वर्षा मापन भएको र सो  क्षेत्रका अन्य केन्द्रहरूमा समेत मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले चितवन र नवलपुरका ससाना खोलाहरूमा समेत फ्ल्यास फ्लड आउन सक्ने भन्दै तटीय क्षेत्रमा हुनेले बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरेको छ । 

सम्बन्धित सामग्री

३ घण्टादेखि नवलपुरमा भारी वर्षा, बेलुकासम्मै सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – नवलपुरमा अहिले ठूलाे पानी परिरहेकाे छ । पछिल्लो तीन घण्टामा नवलपुरको अरुण बतासा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले जनाएको छ ।  अरुणखोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन विभागले जनाएको छ । नारायणी नदीमा पनि आज ठूलो बाढी आएकाले सतर्कता अपनाउन विभागले बिहानै सूचना जारी गरेको छ ।

काठमाडौं लगायत आज यी जिल्ला र नदीमा छ बाढीको उच्च जोखिम

काठमाडौं।बाढी पूर्वानुमान महाशाखाले आज झापा, सुनसरी,सिराहा, सप्तरी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट,धादिङ, चितवन,मकवानपुर, काठमाडौं र नवलपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।“आज कन्काई, कोशी,कमला,बागमती जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।