अन्तिमपटक सभापतिमा लड्छु सहयोग गर्नुस् : देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा एमालेजस्तो शक्ति प्रदर्शन गर्ने पक्षमा कांग्रेस नरहेको बताएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालयले बोलाएका सीमित पत्रकारबीच आज बिहान कुरा गर्दै देउवाले कोरोना संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा भिडभाड नगरिने बताएका हुन्।‘एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइन। अहिले कोरोनको नयाँ भेरियन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन। कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हा