नागरिकता प्रकरण : रवि लामिछानेलाई सांसदको शपथ गर्ने बाटो खुल्यो

काठमाडौं : सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो। यससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो।नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बर्तौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरूले अन्तरिम आदेश माग गर्दै लामिछा