कर्णालीमा पुससम्म लोकसेवा आयोगको विज्ञापन गर्ने तयारी

प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै उपाध्यायले यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने बताएका हुन् । उनले भने, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यहि आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ उनले भने, ‘आन्तरिक तयारी भइरहेको छ । ऐन पारित हुन सकिरहेको छैन ।’ उनकाअनुसार लोकसेवा आयोग ऐन संशोधनका लागि प्र