एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबुल गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमति बनेको छ ।उच्च स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमपछि पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्ये चार दल एमसीसीलाई संसद्बाटै टुंगोमा पु¥याउन सहमत भएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एमसीसी परियोजनासम्बन्धी प्रस्ताव संसद्मा टेबुल गर्न सहमत भएका हुन् […] The post एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमसीसी पारित गर्ने गठबन्धन कसरत

काठमाडौं । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसीसी पारित गर्न तत्पर भएका छन्। सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा, […]

‘अब एमसीसी पास हुन्छ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार)को बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् । संसदबाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले अब एमसीसी के हुन्छ ? भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’ सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको […]

एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल […]

एमसीसी : न वार न पार !

सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै संसद्मा पेस गर्ने तयारी गरेका थिए। तर, गठबन्धनको माओवादी केन्द्र कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिएको छ। प्रधानमन्त्रीले 'जबर्जस्ती' संसद्मा पेस गरे ‘सत्ता छोड्ने' निर्णय उसले गरिसकेको छ। जसपाका नेता डा. बाबुराम भट्टराई एमसीसीका पक्ष

एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?

काठमाडौं, ५ फागुन : एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्यौल छ । विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन भने प्रधानमन्त्री शेरबहादुर देउवा निकै दबाबमा परेका छन् । १६ फागुनभित्र संसदबाट एमसीसी पारित नगरिए […]

गठबन्धनका नेताबीच जुटेन एमसीसी संसदमा पेस गर्ने सहमति

काठमाण्डाै – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा एमसीसी सम्झौता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधान...

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवा

एमसीसी अनुमोदन गराउन गठबन्धनका शीर्ष नेता सहमत

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् । गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सहभागी भएका थिए । शनिबार दुई चरणमा बसेको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको ने...

सत्ता गठबन्धनका नेताहरुबिच एमसिसी र मन्त्रिपरिषद् बिस्तारबारे छलफल

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् । बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा बैठक बसेको हो । यस्तै लामो समय हुँदा पनि सरकारले पूर्णता नपाउँदा […]