वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका छन् ।नेता गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न भन्दै कुनैपनि पार्टीलाई समर्थन गर्ने नीति नरहेको बताएका हुन् ।गौतमले सत्ता र विपक्षी दुवै गठबन्धनले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावना विरुद्ध भएको भन्दै उनीहरुका कृयाकलापल