बेपत्ता विमानको खोजी जारी

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमानको खोजी जारी छ । आइतबार राति अबेरसम्म पनि विमान सम्पर्कविहीन छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराए । राष्ट्रियसभाको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उनले तारा एयरको पोखराबाट जोमसोमका […]