गठबन्धन चितवन केन्द्रित : भरतपुरको आमसभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जन