‘भो, अब यो सहरमा कहिल्यै फर्किन्नँ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्र देशबासीका नाममा सम्बोधन गर्दै भने- ‘संक्रमणको साङ्लो तोड्न जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ।’ओलीको कुरालाई मान्ने हो भने अहिलेको निषेधाज्ञामा कोही पनि गरिब, मजदुर भोकभोकै बस्न बाध्य हुनुपर्दैन। तर, विडम्बना ती मजदुर अहिले भोकभोकै सडक पेटीमा छट्पटाउँदै छन्। निषेधाज्ञाले पेट भर्ने मेलोमेसो खोसिएको छ। तर,यसमा राज्यको ध्यान पुगेको छैन।निषेधाज्ञा जारी भएको ६ दिन