एमसीसीको विरोध गर्दा मालेका ४ नेता पक्राउ, रिहा गर्न माग

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा कार्यक्रम गर्दा नेकपा मालेका ४ नेता पक्राउ परेका छन् । नेकपा मालेका केन्द्रीय कार्यालय सचिव महेन्द्र शाहले पार्टी स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धी महर्जनलाई नेपाल प्रहरी गौशाला प्रभागले नियन्त्रणमा लिएको जानकारी दिए । माले र अनेरास्ववियू पाँचौंको संयुक्त आयोजनामा आयोजित कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । ‘मालेले ...