पैगम्बर मोहम्मदबारे मोदीको दलका नेताको टिप्पणीको बिरोध गर्ने मुलुकमा दुबई पनि थपियो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) का दुई सदस्य नुपुर शर्मा र नवीन जिन्दलले गत हप्ता गरेको टिप्पणीको निन्दा गर्नको लागि भारतको नजिकको सहयोगी संयुक्त अरब इमिरेट्स पछिल्लो खाडी मुलुक बनेको छ। पैगम्बर मोहम्मदबारे नरेन्द्र मोदीको दलका नेताले गरेको टिप्पणीको प्रतिकार गर्ने मुलुकमा युएई पनि थपिएको हो। मोदीको दल भारतीय जनता पार्टी, बिजेपी, कि नेता तथा सहायक प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदबारे गरेको टिप्पणी नैतिक र मानवीय मूल्य र सिद्धान्तहरूको विपरीत भएको भन्दै युएईले निन्दा गरेको हो।नरेन्द्र मोदीको निकट र बिश्वासपात्रको रुपमा लिईने बिजेपीकि नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा गरेको टिप्पणीलाई लिएर मध्यपूर्व तथा विश्वभरका मुस्लिम बाहुल्य राष्ट्रहरुमा क्रोध फैलिएको छ। युएईको विदेश मन्त्रालयले सोमबार भाजपा अधिकारीहरूको टिप्पणी 'नैतिक र मानवीय मूल्य र सिद्धान्तहरूको विपरीत' भएको बताएको छ। राज्य समाचार एजेन्सी वाम ले लेखेको छ, मन्त्रालयले 'धार्मिक प्रतीकहरूको सम्मान गर्ने ... र घृणायुक्त भाषणको विरोध गर्ने आवश्यकता' लाई जोड दिएको छ।  मुस्लिम बाहुल्य देशहरुले नयाँ दिल्लीका राजदुतलाई बोलाएर सार्वजनिक माफु माग्नुपर्ने माग गरेका छन्। कतार र कुवेतले आफ्ना भारतीय राजदूतहरूलाई बोलाएर विरोध गर्न कूटनीतिक आक्रोशको कोरस सुरु भएपछि आइतबारसम्म शर्मा र जिन्दलविरुद्ध दक्षिणपन्थी पार्टीले कुनै कारबाही गरेन। क्रोध र बिरोध बढ्दै गएपछि भाजपाले शर्मालाई निलम्बन गरेको हो र जिन्दललाई निष्कासन गरेको हो।यसअघि, कुवेत, कतार, साउदी अरेबिया, पाकिस्तान र खाडी क्षेत्र भित्र र बाहिर अन्य मुस्लिम बहुल देशहरूले भाजपा सदस्यहरूको टिप्पणीको निन्दा गरेका थिए।इरानले पनि कतार र कुवेतलाई पछ्याउदै भारतीय राजदूतलाई बोलाएर बिजेपी नेताहरुको टिप्पणीको विरोध गरेको छ कतारले टिप्पणीको लागि नयाँ दिल्लीले 'सार्वजनिक माफी' माग्नुपर्ने माग राखेको छ। भारतका उपराष्ट्रपति वेंकैया नायडूले व्यापारलाई बढावा दिन कतार भ्रमणको क्रममा नै कतारले यस्तो माग राखेको हो ।