हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदे बाली

यस वर्षको हिउँदे याममा हिमपात र वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा जिल्लाको बेँसीदेखि लेक क्षेत्रसम्म गरिएको हिउँदे बाली खेतबारीमै सुक्न थालेको हो ।

सम्बन्धित सामग्री

वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै

यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान त्रिपुरा न्यौपानले बताए ।

स्याउका बिरुवा काटछाँट गरिँदै

यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा भयो न हिमपात नै भयो । समयमै वर्षा र हिमपात हुने हो भने कृषकका स्याउ बगैंचामा प्रशस्त स्याउ फल्ने, हिउँदे बालीको उत्पादन पनि राम्रो हुन्थ्यो भने किसानमा खुसी छाउथ्यो । तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।