प्रधानमन्त्री देउवाले भने, ‘खोप लगाउने व्यवस्था सहज होस्’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले ती निकायहरुलाई भनेका छन्।

सम्बन्धित सामग्री

कोरोनाको तेस्रो लहर रोक्ने गरी पूर्वतयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन

खोप केन्द्रहरू वृद्धि गरी जनतालाई सहज रूपमा खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्।