प्रशासनलाई धन्यवाद दिन एमआरआर सहित कलाकारको प्रदर्शन

काठमाडौँ : ‘एमआरआर’ ग्रुपका सदस्यहरूले नक्कली शरणार्थी काण्डमा प्रहरी प्रशासनले गरेको कामको प्रशंसा गर्दै त्यसको समर्थनमा प्रदर्शन गरेका छन्।मंगलबार माइतीघर मण्डलामा ‘एमआरआर’ ग्रुपका सदस्य सहित कलाकार दीपकराज गिरी र निर्मल शर्मा पनि उपस्थित थिए।प्रदर्शनकारीले राम्रो कामलाई सधैं हाम्रो साथ प्रहरी प्रशासनलाई विशेष धन्यवाद, सानालाई मात्र हो त ऐन ? ठूलालाई खै त हतकडी र चेन, फेरि पनि भन्छौ बारम्बार स्टप भ्रष्टाचार, बेथिति र भ्रष्टाचार देख्न सक्दैन एमआरआर जस्ता नारा लेखिएक