सुरुङ्गा (झापा), १२ साउन -लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्ने माई खोलाले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा सोही ठाउँका विजय बस्नेत बेपत्ता भएका हुन् । बेपत्ता …