हाम्रो महाधिवेशन नहोस् भनेर धुप बाले : विश्वकर्मा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीको ९ औ महाधिवेशन नहोस् भनेर धुप बालेको बताएका छन् । मंगलबार पार्टी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले आफूहरूले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा महाधिवेशन गर्न खोजिएपनि षडयन्त्र भएको जिकिर गरे।‘हामीले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा हजारौं जनताको बीचमा महाधिवेशन गर्न खोजेका थियौँ । त्यसका विरुद्ध धेरै ठूलो षडयन्त्र भयो । साम्राज्यवादी र पूँजीवादीहरुले