प्रधानमन्त्रीलाई उद्घाटन–सम्मेलनमा जान भ्याइनभ्याइ छ, यति धेरै फुर्सद देखेर छक्क पर्छु - गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताउनुभयो । प्रधानमन्त्रीसँग लक्ष्य पूरा गर्ने आत्मविश्वास नदेखिएको...