‘राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु’

 नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताएका छन् । उनले भने, “निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुशी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उहाँहरुलाई सम्बोधन गर्नेछु ।” अध्यक्ष अधिकारीले निगमको बृहत्तर हित, संस्थागत सुदृढीकरण तथा कर्मचारीको हक, हित र सेवाको सुरक्...

सम्बन्धित सामग्री

जोगियो मानव अधिकार आयोगको प्रतिष्ठा

काठमाडौँ – अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको […]

खुल्यो स्वीडेनको सदस्यताको बाटो, नेटोले जोगायो आफ्नो प्रतिष्ठा

एजेन्सी- उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा  स्वीडेनको सदस्यता स्वीकृतिको बाटो खुलेसँगै नेटोले आफ्नो प्रतिष्ठा जोगाएको छ । रूसले युक्रेनमा आक्रमण गरेलगत्तै फिनल्याण्ड र स्वीडेनले सदस्यता लागि आवेदन दिएका थिए । फिनल्याण्डको सदस्यता स्वीकृत भएपनि टर्कीको अडानका कारण स्वीडेनको सदस्यता रोकिएको थियो । मंगलबार लिथुआनियामा जारी नेटो सम्मेलनमा टर्कीले स्वीडेनलाइ सदस्यता दिनका लागि स्वीकृति दिएको […]

नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति

काठमाडौं, २१ चैत । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् । श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले भने , “देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।” यसका साथै सेनाले विकास निर्माण […]

कालीबराहमा मुर्तिको प्राण प्रतिष्ठा, लेतेमा भव्य सम्मान

मुस्ताङ, श्रावण ३० । स्वर्गीय राम गौचनको १५औं स्मृति दिवसको अवसरमा मुस्ताङको थासाङ गाउँपालिका स्थित कालिबराह थानमा मुर्ति स्थापना गरिएको छ । राम गौचन फाउण्डेसनकी अध्यक्ष बिमला गौचनको पहलमा कालिबराह थानमा कालिबराह मुर्तिको औपचारिक रुपमा प्राण प्रतिष्ठा गरिएको हो । सोही कार्यक्रमका बीच स्थानीय तह निर्वाचन–२०७९बाट निर्वाचित मुस्ताङको थासाङ गाउँपालिका सहित पाँच वटै वडाका जनप्रतिनिधिहरुलाई […]

गोदावरीधाममा कैवल्यनाथ मन्दिरमा प्राण प्रतिष्ठा

गोदावरी । कैलालीको गोदावरीधाममा नवनिर्मित कैवल्यनाथ मन्दिर (मोक्षद्वार)को आज शुभारम्भ गरिएको छ । मन्दिरमा स्थापना गरिएको पञ्चमुखी शिवलिङ्गको एक विशेष समारोहकाबीच १००८ स्वामी लोकानन्द माहाराजजीले प्राण प्रतिष्ठा गरे । सो मन्दिरको पुरानो कलात्मक शैलीमा निर्माण गरिएको छ । सङ्घीय सरकारको सहरी विकास कार्यक्रमको सहयोगमा उपभोक्तामार्फत मन्दिर निर्माण गरिएको हो । झण्डै डेढ करोड बढीको लगानीमा […]

अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको महत्त्व : ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको बताएका छन्। २५६६ औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गरेका छन्। ‘हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा […]

नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिरको प्राण प्रतिष्ठा

भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण सम्पन्न गरी आजदेखि पाँच दिने प्राण प्रतिष्ठा सुरु भएको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा मन्दिरको निर्माण भएको हो ।मन्दिरमा आज शुभ साइत पारी प्राण प्रतिष्ठा सुरु गरिएको हो । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । अनुष्ठानमा विभिन्न धार्मिक सन्त, महन्तले प्रवचनसमेत गर्नेछन् । कार्यक्रमको पहिलो दिन

केन्द्रीय सदस्य प्रतिष्ठा थापाले राप्रपा त्यागिन्

३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको […]

प्राण प्रतिष्ठा गरेर भित्र्याइयो काष्ठमण्डपको गजुर

काठमाडौं : २०७२ सालको भूकम्पमा ढलेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्‍तिम चरणमा पुगेको छ। आज काष्ठमण्डपमा राखिने गजुरको प्राण प्रतिष्ठा गरिएको छ। कुमारी घरबाट गजुरलाई पूजा गरेर काष्ठमण्डप लगेर प्राण प्रतिष्ठा पूजा गरिएको हो। काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। मन्दिरमा राख्नका लागि गोरखनाथ र गणेशको मूर्ति निर्माण पनि भइरहेको छ।