भोट माग्दै घरदैलो कार्यक्रममा निस्किए मेयर उम्मेदवार मदनदास श्रेष्ठ

काठमाडौँ – काठमाडौँ महानगरका राप्रपा तर्फका मेयर उम्मेदवार मदनदास श्रेष्ठ आफूलाई मतदान गर्न घरदैलो कार्यक्रममा निस्किएका छन्। उनी नेताकार्यकर्तासहित आइतबार न्युरोड, इन्द्रचोक, असनहुँदै विभिन्न स्थानमा भोट माग्दै हिँडेका हुन्।