सडक हिलाम्मे भएपछि आवतजावतमा समस्या

रौतहट : लगातारको वर्षाका कारण रौतहटका ग्रामीण भेगका अधिकांश सडकहरू हिलाम्मे बनेका छन्। जिल्लाको गुजरा नगरपालिकाका विभिन्न गाउँमा जाने नहरको बाटो हिलाम्मे भएर आवतजावतमा कठिनाई भएको स्थानीयले बताएका छन्।चन्द्रपुरको मोथियाही हुँदै नहरै नहर गुजरा जाने बाटो हिलाम्मे भएका कारण आवत जावतमा समस्या हुँदासमेत बागमती सिँचाई आयोजनाले बनाउनेतर्फ चासो नलिएको स्थानीयको भनाइ रहेको छ।हिलाम्मे नहर मर्मतमा गुजरा नगरपालिकाले चासो लिएको भएपनि बागमती सिँचाई आयोजनाले मर्मत गर्न नदिएको गुजरा नगरपालिकाका निमित्त कार