बीपी कोइरालाको बारेमा बन्यो डकुमेन्ट्री

पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बीपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेन्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेन्ट्रीमा उतारिएको छ । डकुमेन्ट्री हेरे

सम्बन्धित सामग्री

पटनास्थित बीपीको शालिक

जननायक बीपी कोइराला एवम् गणेशमान सिंहको राजनीतिक जीवनमा आधारित डकुमेन्ट्री निर्माण तथा नेपाली काँग्रेस स्थापनाकालदेखिका सामग्री सङ्कलन गर्ने अभियान सुरु भएको छ । यसक्रममा वनारस, पटना र विहारका केही भाग तथा कलकत्तासम्मको ऐतिहासिक स्थानको पहिचान, विवरण सङ्कलन कार्य अगाडि बढेको छ । चैत महिनाभित्र यो कार्य पूरा गर्ने लक्ष्यअनुरूप भ्रमण कार्य सुरु गरिएको थियो र निरन्तर जारी पनि छ । चन्द्रशमशेरको समयमा पिताजी कृष्णप्रसाद कोइराला देशनिकालामा पर्नुभएको थियो । यो समयमा उहाँको परिवार वनारसमै बस्थ्यो । त्यसै समयदेखि नेपालको प्रजातान्त्रिक इतिहास वनारससंँग जोडिएको हो ।