प्रतिनिधिसभा विघटनको विरोधमा रहेको काँग्रेससहितको विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने भएको छ । काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र जनमोर्चा सांसदहरुको हस्ताक्षर र नागरिकतासहित सर्वोच्च अदालत जान लागेको हो ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरेअनुसार गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको भएपनि राष्ट्रपतिले मान्यता दिएकी थिइन् । लगत्तै...